८ कार्तिक २०८३, आइतबार

दशैँमा भीडभाड नगरी नित्यपूजा मात्र गर्न गृहको निर्देशन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असोज । गृहमन्त्रालयले दशैँको समयमा शक्तिपीठहरुमा भीडभाड नगरी नित्यपूजा मात्र गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर यस्तो निर्दशन दिएको हो ।

बिहीबार गृह मन्त्रालयका प्रवक्ता सह(सचिव चन्द्रबहादुर बुढाले कोरोनाभाइरसको संक्रमणको जोखिम कायमै रहेको भन्दै गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई शक्तिपीठमा भीडभाड हुन नदिन परिपत्र गरेको जानकारी दिए ।

उनका अनुसार नित्य पूजाका लागि मात्रै मठ मन्दिर खुल्नेछन् ।

यसअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दसैंमा शक्तिपीठ तथा मठमन्दिर खोल्न आग्रह गर्दै सीसीएमसीलाई सिफारिस पठाएको थियो ।

यो विषयमा मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको अवस्थामा गृहमन्त्रालयले नृत्यपूजाका निम्ति मात्र शक्तिपीठ खोल्न परिपत्र गरेको हो ।