
काठमाडौँ, ३० असोज । नेपालमा गत २४ घण्टामा थप ३ हजार ५ सय २२ जनाले कोरोना जितेका छन् ।
शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय २२ जना संक्रमणमुक्त भएको जानकारी दिए ।
योसहित निको हुनेको संख्या ८८ हजार ४४ पुगेको छ ।
गत २४ घण्टामा ४ हजार ३ सय ९२ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।
हाल देशभर ३७ हजार ३ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ७ सय १५ जना पुगेको छ ।















प्रतिक्रिया