८ कार्तिक २०८३, आइतबार

थप ४३ सय ९२ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या ७१५ पुग्यो

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असोज । नेपालमा थप ४ हजार ३ सय ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

यससँगै संक्रमितको संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।

त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार ५ सय २२ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ८८ हजार ४४ पुगेको छ ।

हाल देशभर ३७ हजार ३ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै मृतकको संख्या ७ सय १५ जना पुगेको छ ।