
काठमाडौं, ३० असोज । पछिल्लो समय कोरोना संक्रमणको ‘हटस्पट’ बनेको ककाठमाडौं उपत्यकामा संक्रमितको संख्या करिब ५० जनार नजिक पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक पछिल्लो विवरण अनुसार उपत्यकामा कोरोना संक्रमतिको संख्या ४९ हजार ५३८ पुगेको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा देखिएको यो संख्यामध्ये १९ हजार ८२७ जना सक्रिय संक्रमित छन् ।
यस्तै संक्रमितमध्ये २९ हजार ४८४ जना निको भएर घर फर्किसकेका छन् भने २२७ जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा कोरोना संक्रमितको संख्या ४० हजार ७१ जना पुगेका छन् । जसमा संक्रिय संक्रमित १५ हजार ९०१ जना छन् । काठमाडौंमा कोरोना निको हुनेको संख्या २४ हजार १९ जना र कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५१ पुगेको छ ।
यस्तै भक्तपुरमा ३ हजार ९०३ संक्रमित छन्, त्यसमध्ये संक्रिय संक्रमितको संख्या १ हजार ३८६ छ । यस्तै भक्तपुरमा २ हजार ४८४ जना निको भएर घर फर्किएका छन् भने मृत्यु हुनेको संख्या ३३३ पुगेको छ ।
त्यसैगरी ललितपुरमा कोरोना संक्रमितको संख्या ५ हजार ५६४ जना छन् भने २ हजार ९८१ जना निको भएर घर फर्किएका छन् । यस्तै संक्रिय संक्रमितको संख्या २ हजार ५४० छन् भने हालसम्म ४३ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया