१ कार्तिक २०८३, आइतबार

डेढ वर्षको छोरोसहित नदीमा हाम फालेकी आमाको उद्दार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३० असोज । डेढ वर्षका छोरोसहित नदीमा हाम फालेकी हेमन्ती बोटेलाई प्रहरीले शकुशल उद्दार गरेको छ ।

भरतपुर महानगरपालिका–२२ पटिहानीस्थित बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् । प्रहरीले उनलाइृ बचाए पनि उनको छोराको भने मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गीतानगरको टोलीले खोजी गर्दा हेमन्तीलाई हामफालेको स्थान नजिकैबाट सकुशल उद्धार गरेको बताएको छ । उनको डेढ वर्षको छोरो भने करिब २ किलोमिटर तल मेजरघाटमा मृत फेला परेको प्रहरीको भनाई छ ।