१ कार्तिक २०८३, आइतबार

बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ३० असोज । बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको बिहान सवा ७ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

उनी गत असोज २१ गते कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा समस्या बढेपछि उनलाई २५ गतेबाट भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।