
काठमाडौं, ३० असोज । नेपाल प्रहरीले यस वर्षको सर्वोत्कृष्ट अनुसन्धान अधिकृतमा ललितपुर प्रहरी परिसरका सइ सुवास कटवाललाई घोषणा गरेको छ ।
कटवाललाई नेपाल प्रहरीले यस वर्ष उत्कृष्ट अनुसन्धान अधिकृतका रुपमा पुरस्कृत गर्ने भएको हो । लामो सयमपछि नेपाल प्रहरीले सइ कटवाललाई सर्वोउत्कृष्ट अनुसन्धान अधिकृत घोषणा गरेको छ । ललितपुर प्रहरी परिसरमा बसेर उनले विभिन्न अपराधिक घट्नाहरुको सफल अनुसन्धान गरेको बताइएको छ ।
यस्तै यो वर्षको पूर्ण शान्ति पुरस्कार प्रहरी नायव निरीक्षक (सइ) कृष्ण बहादुर चन्दले पाएका छन् । नेपाल प्ररीको विशेष ब्यूरोमा कार्यरत उनलाई ६५औं प्रहरी दिवसको अवसरमा सो पुरस्कारका लागि छनोट गरिएको हो ।
त्यसैगरी, यो वर्षको लाइफटाइम अचिभमेन्ट पूर्वएसपी तुलाबहादुर केसीले पाएका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी बेलबहादुर पाण्डे उत्कृष्ट अनुसन्धान अधिकृत, डीएसपी दिप्ती कार्की उत्कृष्ट व्यवसायीक प्रहरी र नेपाल प्रहरी अस्पतालका एसएसपी डा. सञ्जय विक्रम श्रेष्ठ उत्कृट कोभिड व्यवस्थापक पुरस्कारबाट पुरस्कृत हुँदैछन् ।















प्रतिक्रिया