काठमाडौंं । लामो विवादपछि संसदीय सुनुवाइ समितिले आठै जना न्यायाधिशको नाम सिफारिस गरेको छ ।
सोमबारबाट भएको मतदानबाट सर्वोच्च अदालतका आठ जना न्यायाधिशको नाम अनुमोदन गरेको हो । प्रस्तावित ८ न्यायधीशमध्ये वैद्यनाथ उपाध्याय र ओप्रकाश मिश्र सर्वसम्मत न्यायाधीशमा चयन भए । बाँकी छ भने मतदानबाट छानिएका हुन् ।
न्यायाधिश बनेका गोपाल पराजुली, देवेन्द्रगोपाल श्रेष्ठ, गोविन्दकुमार उपाध्याय र जगदीश शर्मा पौडेलको विपक्षमा एक एक मत परेको छ । उनीहरुका विपक्षमा सभासद चित्रबहादुर केसीले मतदान गरेका हुन् ।
प्रस्तावित न्यायाधीश चोलेन्द्र शमशेर जबराको विपक्षमा २४ मत परेको छ । यसैगरी, दीपकराज जोशीको विपक्षमा २५ मत परेको छ ।
संसदीय सुनुवाइ विशेष समितिका सदस्य रहेका माओवादीका गिरिराजमणि पोखरेल, प्रभु साह, अग्नि सापकोटालगायतले चोलेन्द्रको विपक्षमा मतदान गरे पनि नवनिर्वाचित स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले पार्टीको लाइनविपरीत चोलेन्द्रलाई समर्थन गरेका छन् । टोपबहादुरकै कारण चोलेन्द्रको विपक्षमा २४ मतमात्रै परेको थियो । दीपकराज जोशीको विपक्षमा भने टोपबहादुरले समेत मतदान गरेका कारण २५ मत परेकोहो ।
















प्रतिक्रिया