१ कार्तिक २०८३, आइतबार

गण्डकी प्रदेशमा थपिए ७८ कोरोना संक्रमित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३० असोज । गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले गराएको विहान ८ बजेसम्मको जानकारीअनुसार ६ जिल्लाका ७८ जनामा संक्रमण पुष्‍टि भएको हो ।

योसँगै गण्डकीमा कुल संक्रमितको संख्या ५ हजार ४३४ पुगेको छ ।

निर्देशनालयका अनुसार सबैभन्दा धेरै नवलपरासी पूर्व नवलपुरमा ३८ जनामा कोरोना पुष्‍टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा २३ र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा १५ जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी कास्कीमा १९ जनामा संक्रमण देखिएको छ । संक्रमित सबै प्रदेशको राजधानी एवम् कास्की सदरमुकाम पोखराका हुन् ।

यस्तै बाग्लुङका ७ जना, तनहुँका ६ जना, गोरखाका ५ जना र लमजुङका ३ जनामा पनि कोरोनाभाइरस संक्रमण पुष्‍टि भएको छ ।

पछिल्लो समय गण्डकी प्रदेशमा पनि संक्रमणको दर बढिरहेको छ । प्रदेशभर १ हजार ८९९ जना सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ४७ जनाको मृत्यु भएको छ ।