
काठमाडौँ, २९ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।
बिहीबार बेलुका ट्वीटरमार्फत अध्यक्ष थापाले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
आफूलाई वुधबार सामान्य टाउको दुखेका कारण कोभिड परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थापाले बताए । उनले आफूसँग केही दिनदेखि सम्पर्कमा आएकाहरुलाई सजग र सतर्क रहन आग्रह गरेका छन् ।
‘कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाइको कारण कोभिड-१९ पिसिआर परीक्षण गर्दा मेरो रिपोर्ट ’पोजिटिभ’ देखिएको छ ।’ अध्यक्ष थापाले लेखेका छन्‚ ‘अवस्था सामान्य छ । केही दिनयता मसँग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।’















प्रतिक्रिया