
काठमाडौँ, २९ असोज । नेपालमा थप ३ हजार ७ सय ४९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप ३ हजार ५ सय ६४ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ८४ हजार ५ सय १८ पुगेको छ ।
हाल देशभर ३६ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ६ सय ९४ जना पुगेको छ ।















प्रतिक्रिया