१ कार्तिक २०८३, आइतबार

सिराहाका ४५ उद्योगको दर्ता खारेज

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिराहा, २९ असोज । घरेलु तथा साना उद्योग कार्यालय, लहान सिराहाका ४५ वटा उद्योगको दर्ता खारेज गरेको छ ।

लामो समयसम्म नवीकरण नगराएकाले ४५ उद्योगको दर्ता खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । दर्ता गराएर पनि लामो समयसम्म नवीकरण नगराउने र कुनै कारोबार नगर्ने उद्योगको दर्ता खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालय लहानका प्रमुख दीपेन्द्रकुमार यादवले बताए ।

त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा कार्यालयमा एक हजार १४४ नयाँ उद्योग दर्ता भएको र ४४५ उद्योगको नवीकरण गरिएको समेत प्रमुख यादवले बताए । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा ३० उद्योगको दर्ता खारेज गरेको थियो ।