
काठमाडौं, २९ असोज । बहराइनका राजकुमार नासिर विन हमदसहितको टोलीले मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेको छ ।
राजकुमारसहितको टोलीले बिहीबार बिहान हिमाल आरोहण गरेको सेभेन समिट ट्रेक प्रालिले जनाएको छ । सेभेन समिट ट्रेक प्रालिले आरोहणको व्यवस्थापन गरेको छ ।
८ हजार १६३ मिटर अग्लो माउन्ट मनास्लुको आज बिहान ६ बजेर १० मिनेट जाँदा आरोहण गरेको बताइएको छ ।
यसअघि बहराइन राजकुमार हमदले टोलीले असोज १७ गते ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमालको पनि आरोहण गरेको थियो ।
सेभेटन समिट ट्रेकका अनुसार यो टोलीले आउँदो वसन्तमा सगरमाथा आरोहणको पूर्व तयारी गरिरहेको छ ।















प्रतिक्रिया