१ कार्तिक २०८३, आइतबार

चलचित्र कलाकार संघ प्रदेश १ गठन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । नेपाल चलचित्र कलाकार संघले प्रदेश १ मा शाखा संगठन गठन गरेको छ ।

संघको विधानको परिच्छेद १, दफा ४ अनुसार नेपाल चलचित्र कलाकार संघ १ नम्वर प्रदेश शाखा बुधबार गठन गरिएको हो । नेपाल चलचित्र कलाकार संघका केन्द्रीय अध्यक्ष रविन्द्र खड्काको प्रमुख आतिथ्यतामा इटहरीमा सम्पन्न कलाकारहरुको भेलाले अभिनेता पुष्प श्रेष्ठको संयोजकत्वमा २१ सदस्यीय तर्दर्थ समिति गठन गरेको हो ।

उक्त समितिको सह–संयोजकमा दिनेश कोईराला र सदस्यहरुमा भिम लामा, जतिन ताम्राकार, माधव पौडेल खत्री, लेजिना सुवेदी, रेश्मा घिमिरे, प्रवल दीप विश्वास, नविन सुब्वा, रेखा लिम्वु, गणेश राउत, मिलन सुवेदी, हरिप्रसाद सुब्वा, मेघराज लिम्वु (गोपाल), श्याम कटवाल, ईश्वर गुरुङ्ग, सुजन ढकाल, शारदा शाक्य, ममता चौधरी, धर्मेन्द्र आचार्य र तुलसी घिमिरे छन् ।

नेपाल चलचित्र कलाकार संघको विधानले नेपाल राज्यभर र प्रवासमा समेत शाखा खोल्ने व्यवस्था गरेको छ । यसरी गठन भएका शाखाहरुले केन्द्रीय कार्यसमितिको बैठकवाट निर्णय भएपछि वा अनुमोदन भएपछि वैधानिकता प्राप्त गर्ने छन् । विधानको व्यवस्था अनुरुप नेपालका ७ वटै प्रदेशमा शाखा खोल्ने तयारी भइरहेको संघका उपाध्यक्ष एवं प्रवक्ता मोहन निरौलाले जानकारी दिए ।