१ कार्तिक २०८३, आइतबार

मिसेस नेपाल लागि आवेदन खुल्ला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । बिवाहित महिलाहरूको सौदर्य निखार्दै उनीहरूको ब्यक्तित्व विकाश गर्ने उद्देश्यले इप्लानेटले नियमित आयोजना गर्दै आएको सौदर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला भएको छ ।

आयोजनक इप्लानेट प्रालिले बुधबार एक बिज्ञप्ीि जारी गर्दै प्रतियोगीताका लागि आवेदन खुल्ला भएको जनाएको हो । ग्रिन आर्ट्स नेपालको संयोजन रहने प्रतियोगिताको यो वर्ष कोभिड–१९ को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुबै माध्यमबाट आवेदन दिनसक्ने व्यवस्था गरिएको छ ।

प्रतियोगिताका लागि आवेदन प्राप्त ब्यक्ति मध्य पनि आन्तरिक छनौटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र ‘मिसेस युनिभर्स २०१९’ अनिला श्रेष्ठलगायत बिभिन्न बरिष्ठ ब्यक्तिहरूबाट प्रशिक्षण प्रदान गरिनेछ । २१ वर्षदेखि ५५ वर्ष उमेर बिचका विवाहित नेपाली महिलाले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।

गृहिणी जीवन बिताइरहेका महिलालाई सौन्दर्यता बाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्व विकास गराउनेसम्म धेरै किसिमको काममा सक्रिय सहभागीता जनाउने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए ।

प्रतियोगिताको बिजेता शिर्ष उपाधि, बिभिन्न गिफ्टको अलवा सन् २०२१ मा हुने ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्ने छन् ।

यसअघि ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधत्व अनिला श्रेष्ठ, मनिषा डंगोल, पद्मिनी झा, रजनी थापा, मिना घिमिरेले गरेका थिए । उनीहरू बिभिन्न अन्तराष्ट्रिय उपाधि समेत नेपाल ल्याउन सफल रहेका छन् ।