१ कार्तिक २०८३, आइतबार

भारतमा आजदेखि सिनेमा हल खुल्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । विश्वव्यापी कोरोना भाइरस संक्रमणका त्रास कायमै रहेका बेला भारतले सिनेमा हल खुला गर्ने भएको छ ।

भारत सरकारले हल खुला गर्न अनुमति प्रदान गरेसँगै आज बिहीबारदेखि सिनेमा हलहरु खुला हुने भएका हुन् । त्यसो त भारत सरकारले गत सेप्टेम्बरमै १५ अक्टोबरदेखि हल सञ्चालन गर्न अनुमति दिएको हो । सोही निर्णयअनुसार एउटा राज्यबाहेक भारतका सबै ठाउँमा हल सञ्चालनमा आउन लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एक सोमा ५० प्रतिशत मात्र दर्शक हलमा राखेर तथा अनिवार्य रुपमा अनलाइनबाट टिकट काटेर हल खोल्न लागिएको हो । कोरोना संक्रमण फैलिएसँगै भारतमा चैतदेखि नै सिनेमा हल बन्द थिए ।

भारत सरकारको पछिल्लो अनुमतिअनुसार अब भारतमा मल्टिप्लेक्स र सिंगल थिएटरहरू खुला हुने भएका छन् ।

तर, हल खुले पनि ओटिटीमा प्रदर्शन भएका फिल्म प्रदर्शन गर्न हल सञ्चालकले अस्वीकार गरिदिएका छन् । ओटिटीमा सबैभन्दा पहिला अमिताभ बच्चन र आयुषमान खुरानाको ‘गुलाबो सिताबो’ प्रदर्शन भएको थियो ।

यसपछि साना तथा ठूला बजेटका फिल्म निर्माताले सीधै ओटिटीमा प्रदर्शन गरेका थिए । अझै केही सिनेमा डिजिटल प्लेटफर्मममा प्रदर्शन हुने तयारीमा पनि छन् ।