
काठमाडौँ, २८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई थप जिम्मेवारी प्रदान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगेका छन् ।
प्रधानमन्त्ती ओलीका प्रेस सल्लाहकार सूर्य थापाले यो जिम्मेवारी हेरफेर पोखरेलसँगको सल्लाहमै भएको जानकारी दिएका छन् ।
थापाले यो ३ वर्ष अघिको प्रस्ताव भएको समेत बताएका छन् ।
अब उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री र मन्त्रीहरुबीच पुलको काम गर्ने बताइएको छ । राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग तथा सम्पत्ति शुद्धीकरण विभाग, विश्वविद्यालयजस्ता महत्वपूर्ण अङ्गहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषदको मातहत छन् ।
धेरै निकायहरु भएकाले प्रधानमन्त्री ओलीलाई समय व्यवस्थापन गर्न गाह्रो भएको थियो ।
मातहतका निकायहरुलाई थप चुस्त बनाउन पोखरेललाई उक्त जिम्मेवारी दिइएको बताइएको छ ।















प्रतिक्रिया