१ कार्तिक २०८३, आइतबार

मेगा बैंकको लिलामी सेयर बोलपत्र बिहीबार खोलिंदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । मेगा बैंकको १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामीको बोलपत्र बिहीबार (असोज २९ गते) खोलिने भएको छ ।

बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स त्रिपुरेश्वर काठमाडौंमा बिहान १० बजेबाट बोलपत्र खेल्ने कार्यक्रम तय भएको छ । बाँडफाँट अनलाइन प्रणालिबाट लाइभ गरिनेछ ।

मेगा बैंकले असोज ११ गतेबाट १८ गतेसम्म संस्थापक समूहको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण समूहको ७ लाख ७ हजार ३९४.६३ कित्ता गरी १८ लाख ४० हजार ७३९.६३ कित्ता सेयर लिलामी बिक्री खुला गरेको थियो ।

यसमा कट अफ प्राइस कति कायम होला भन्ने सबै लगानीकर्ताको चासो रहेको छ ।