
काठमाडौ, २८ असोज । बंगलादेशी ब्रान्ड रनर मोटरसाइकलले दशैं तथा तिहारलाई लक्षित गरी भारी नगद छूट सहितको अफर ल्याएको छ ।
रनर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्सले रनर मोटरसाइकलको खरिदमा ५१ हजार सम्मको छूट दिने भएको छ । यो अहिलेसम्मकै उत्कृष्ट अफर भएको कम्पनीको भनाइ छ ।
साथै कम्पनीले मोटरसाइकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाइकल तथा स्कुटर विक्रीवितरण गर्दै आएको छ । यती मात्र नभई कुनै पनि पुरानो मोटरसाइकलको एक्स्चेन्ज गर्दा रू. ३० हजार न्यूनतम मूल्यांकन गरिने पनि कम्पनीले बताएको छ ।
देशैभर करिब २२ वटा शोरुमबाट ग्राहकले दशैं तथा तिहारका लागि ल्याइएको अफरअन्र्तगत रू. ५१ हजारसम्म छूटका साथ सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा पाउने बताइएको छ ।
रमन मोटर्सले हाल ८० सीसी क्षमताका सस्तादेखि २०० सीसीसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर विक्रीवितरण गर्दै आएको छ । उक्त ब्रान्डको दिनदिनै बजार बढ्दै गएको कम्पनीको दाबी छ ।















प्रतिक्रिया