१ कार्तिक २०८३, आइतबार

राष्ट्र संघको मानव अधिकार परिषद्को सदस्यमा नेपाल पुनः निर्वाचित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । संयुक्त राष्ट्र संघको मानव अधिकार परिषद्को सदस्यमा नेपाल पुनः निर्वाचित भएको छ ।

मंगलबार राति राष्ट्र संघ मुख्यालयमा भएको मतदानमा नेपाल निर्वाचित भएको हो । नेपाल सन् २०१८ देखि यसको सदस्य रहँदै आएको छ ।

मतदानमा नेपालले १५० भोट प्राप्त गरेको थियो । निर्वाचित भएसँगै अब सन् २०२३ सम्म नेपाल यसको सदस्य रहने छ ।

एशियाबाट नेपालसहित चीन, पाकिस्तान र उजबेकिस्तान निर्वाचित भएका छन् ।