
काठमाडौँ, २७ असोज । नेपालमा कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ ।
मंगलबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।
यससँगै मृतकको संख्या ६ सय ६३ पुगेको छ ।
मंगलबार देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । त्यस्तै, थप १ हजार ५ सय ३ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।















प्रतिक्रिया