१ कार्तिक २०८३, आइतबार

जारको पानीको मूल्य नबढाउने सहमति

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । सरकार र व्यवसायीबीच तत्काल जारको पानीको मूल्य नबढाउने सहमति भएको छ ।

व्यवसायीले आफूखुशी पानीको मूल्य बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले व्यवसायीसँग छलफल गरेर बढेको मूल्य फिर्ता गरी तत्काल नबढाउने सहमति गरेको हो ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार व्यवसायीले बढेको मूल्य तत्काल फिर्ता गरी सार्वजनिक सूचना जारी गर्ने सहमति भएको छ ।

यसअघि नेपाल बोटल वाटर उद्योग सङ्घले असोज १८ गतेदेखि जारको पानीको मूल्य बढाउने निर्णय गरेको थियो ।