१ कार्तिक २०८३, आइतबार

महालक्ष्मी विकास बैंकले आफ्ना ऋणीलाई ब्याज छूट दिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । महालक्ष्मी विकास बैंकले ऋणीहरुले असोज मसान्तभित्र तिनुपर्ने कर्जाको ब्याज भुक्तानी गरेमा भुक्तानी भएको ब्याज रकममा १० प्रतिशत छूट दिने भएको छ ।

बैंकले ब्याज रकममा १० प्रतिशत छूट असोज मसान्तभर प्रदान गर्ने जानकारी दिएको छ । कोरोना भाइरसको विषम परिस्थितिलाई दृष्टिगत गर्दै बैंकले केही कर्जाहरुमा ब्याजदर समेत घटाइएको जनाइएको छ ।

बैंकले देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुका १०२ वटा शाखा तथा ३४ वटा एटीएमहरुमार्फत सेवा प्रदान गर्दै आएको बताएको छ ।