१ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड फेरि पुगे बालुवाटार

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

सोमबार पनि करिब ३ घण्टा लामो छलफल गरेका अध्यक्षद्वयबीच आज मंगलबार फेरि भेट भएको हो । पार्टीभित्र केन्द्रमा देखिएको विवाद पूर्ण रुपमा समाधान नभइरहेकै बेलामा प्रदेशमा समेत विवाद उत्पन्न भएपछि दुई अध्यक्षले भेटघाट तथा छलफललाई तीव्रता दिएका हुन् ।

केहीबेर अघिमात्रै बालुवाटार प्रवेश गरेका प्रचण्ड र ओलीबीच कर्णाली प्रदेशमा आएको समस्या र त्यसको दीगो समाधान खोज्ने विषयमा छलफल हुने बताइएको छ ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गत आइतबार ओली पक्षका प्रदेश सांसदको अगुवाइमा अविश्वास प्रस्ताव दर्ता गरेपछि त्यसको प्रभाव पार्टी केन्द्रमा समेत पर्ने त्रासका साथ ओली र प्रचण्ड छलफलमा जुटेका हुन् ।