
काठमाडौं, २७ असोज । सुन तथा चाँदीको मूल्य घटेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँ घटेर तोलाको ९५ हजार १०० रुपैयाँ निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार तेजावी सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ कायम गरिएको छ ।
हिजो सोमबार स्थिर रहँदै सुनको मूल्य तोलाको ९५ हजार ६०० रुपैयाँ कामय भएको थियो ।
यस्तै चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया