
काठमाडौं, २७ असोज । बंगालको खाडीको पश्चिम–मध्य भागमा अवस्थित न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्न लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल बंगालको खाडीको पश्चिम–मध्य भागमा रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिमी दिशातर्फ सर्दै जाने पूर्वानुमान सार्वजनिक गरेको छ ।
यसअनुसार नेपालमा मौसम हेरफेर हुने महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार अहिले देशको पहाडी भूभागमा आंशिक बदली रहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी मंगलबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको छ ।
यस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । मंगलबार राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।















प्रतिक्रिया