३० आश्विन २०८३, शुक्रबार

नायिका नम्रता श्रेष्ठको खोजी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Namrata-Shrestha-NobelSabin-Priyasan-Dang– सविन प्रियासन

रातभर नम्रताकै बारेमा सोच्दा राम्रोसँग निदाएको थिइन । दुई दिन यसरी नै बितेको थियो । यो बीचमा मैले कसैसँग पनि सम्पर्क गरेको थिइन । फेसबुकमा नम्रताको बारेमा उपन्यास लेख्न लागेको कुरा सार्वजनिक गरेकाले फेसबुकमै नम्रताले यस विषयमा कुनै सन्देश पठाउँछिन् कि भन्ने लागेको थियो । जसले गर्दा धेरै समय फेसबुकलाई दिइरहेको थिएँ । म आफ्नो कार्यकक्षमा बस्दाबस्दै कुर्सीमा निदाएछु ।

‘क्या हो हजुर, दुईदिन भयो, न फोन छ, न भेटघाट छ ?’ मधुर मुस्कानसहित रागिनीले हात समाइन । नम्रताको उपन्यास लेख्ने भूत चढेपछि रागिनीलाई समेत मैले सम्पर्क गरेको थिइन । उनले मेरो कपाल सुम्सुम्याइन । सायद मेरो अवस्था देखेर उनको मनमा मप्रति झनै माया पलाएको थियो होला ।