३० आश्विन २०८३, शुक्रबार

खरेललाई हेडक्वार्टर तान्न गृह मन्त्रालयको स्वीकृति, काठमाडौंमा नयाँ प्रहरी प्रमुख को ?

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-Kharel

काठमाडौं । काठमाडौंका प्रहरी प्रमुख रमेश खरेललाई प्रहरी प्रधान कार्यालय तानिने भएको छ ।

विवादास्पद अभिव्यक्तिका कारण चर्चामा छानबिनको घेरामा रहेका खरेललाई प्रहरी प्रधान कार्यालयले तत्कालका लागि जगेडामा राख्न लागेको हो । जगेडामा राख्ने प्रधान कार्यालयको प्रस्तावलाई गृह मन्त्रालयले सोमबार स्वीकृति दिएको छ ।

खरेलले नेपाल प्रहरीको एआइजी बढुवामा पैसाको चलखेल भएको खुलासा गरेका थिए ।

काठमाडौंमा शनिबार भएको कार्यक्रममा खरेलले ‘डीआइजीहरु पैसाको ब्रिफकेस बोकेर नेताको दैलोमा जाने गरेको’ अभिव्यक्ति दिएपछि उनीमाथि प्रधान कार्यालयले कारबाही अगाडि बढाएको छ । उनीमाथि छानबिन गर्न आइतबार एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । विवादास्पद रहेकाले अनुसन्धान अवधिभर जगेडामा राख्न लागिएको प्रधान कार्यालय स्रोतले जनाएको छ ।

‘अनुसन्धानमा रहेको व्यक्तिलाई काममा लगाउनु न्यायोचित देखिएन, त्यसैले हेडक्वार्टरमा तान्न लागिएको हो ।’– स्रोतले भन्यो ।

काठमाडौंमा नयाँ प्रहरी प्रमुख ल्याउने वा तत्कालका लागि काठमाडौंकै एपपी नारायणसिंह खड्कालाई कार्यबाहक दिने भन्ने विषयमा छलफल भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

एसएपपीहरु धिरु बस्नेत, राजेन्द्रमान श्रेष्ठ, सर्वेन्द्र खनाल, योगेश्वर रोमखामी, पुष्कर कार्कीमध्ये एकजनालाई काठमाडौंको प्रहरी प्रमुख ल्याइने बताइएको छ ।