काठमाडौं, ७ चैत । आफूमाथि एसिड फाल्ने युवक पक्राउ परेपछि संगीता खुसीसंगै आक्रोशित पनि बनेकी छिन् ।
२४ दिनपहिले एसिड आक्रमणमा परेर घाईते भएर राजधानीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पताल उपचार गराइरहेकी संगीता मगरले आफूमाथि एसिड फाल्ने युवक पक्राउ परेपछि आवेग आएकी हुन् ।
उनले भनिन्-‘ मलाई त परीक्षाहलाट निस्केर त्यो अपराधीलाई पनि तेजाब नै छ्यापेर पीडा दिन मन लाग्यो ।’ जीवनलाई एसिड फाल्न अधिकार दिन संगीताले अपिल समेत गरिन् ।
उनले आफ्नो जीवन वर्वाद पार्ने अभियुक्तलाई कडा सजाय दिन माग गरेकी छिन् । ‘फेरि एसिड फालेर मार्छ की भन्ने चिन्ता थियो, प्रहरी अंकलले त्यसलाई पक्राउ गर्नुभो, अब ढुक्क भएँ, त्रासबाट मुक्त भएँ,’ उनले भनिन् ।
संगीताले आफ्नो आक्रमणकारीसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारिन् । अर्की घाईते सीमा बस्नेतले पनि पक्राउ परेको खबर सुनेर ढुक्क भएको बताईन् । ‘मनमा डर थियो, फेरि कतिबेला आउँछ भन्ने, त्यसलाई प्रहरी अंकलले समात्नुभयो, अब ढुक्क छु ।’ उनले भनिन् ।
यस्तै, एसिड फाल्ने अभियुक्त जीवन विकलाई आइतबार प्रहरीले अदालतमा बुझाउने भएको छ ।
काठमाडौं जिल्ला अदालतमा उनलाई म्याद थपका लागि उपस्थित गराइने महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी पुस्कर कार्कीले जानकारी दिनुभयो ।
















प्रतिक्रिया