
काठमाडौँ, २६ असोज । काठमाडौँ उपत्यकामा थप २ हजार २ सय ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १ हजार ८ सय ८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ गरी उपत्यकामा २ हजार २ सय ८३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
देशभर सोमबार थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया