
काठमाडौँ, २६ असोज । नेपालमा थप ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
सोमबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यससँगै संक्रमितको संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ ।
त्यस्तै, मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १ हजार ४ सय ७३ जनाले कोरोना जितेका छन् । योसहित निको हुनेको संख्या ७७ हजार २ सय ७७ पुगेको छ ।
हाल देशभर ३३ हजार ८ सय ८० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
यससँगै मृतकको संख्या ६ सय ४५ जना पुगेको छ ।















प्रतिक्रिया