३ कार्तिक २०८३, मंगलबार

चिट चोराउन खोज्ने दुई शिक्षक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

slcमोरङ, ७ चैत । अनुगमन परिचयपत्रको दुरुपयोग गर्दै परीक्षार्थीलाई चिट चोराउन खोज्ने दुई शिक्षकलाई आज प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनता मावि अमाहीवर्यातीका शिक्षक जीतेन्द्र मण्डल र लक्ष्मी निमावि सिसवनीजहदाका शिक्षक सिंहबहादुर गुरुङ रहेका इलाका प्रहरी कार्यालय रङ्गेलीले जनाएको छ ।

एसएलसी परीक्षा मर्यादित बनाउन जिल्ला शिक्षा कार्यालयले वितरण गरेको अनुगमन परिचयपत्र बोकेर कदमाहस्थित सर्वाेदय उच्च मावि परीक्षा केन्द्र पुगेका उनीहरुलाई परीक्षा केन्द्र सुरक्षार्थ बसेका सशस्त्र प्रहरी बेस नोचाका प्रहरी निरीक्षक जीवन भट्टराईले ढोकामा शङ्का गरी खानतलासी गर्दा उनीहरुमा २४ अङ्कको १२ थान चिट फेला परेको प्रहरीले जनाएको छ ।

यता, जिल्ला शिक्षा कार्यालय मोरङका प्रमुख योगेन्द्र बरालका अनुसार कक्षा कोठा बाहिर उनीहरुको साथबाट चिट बरामद भएको हुँदा जिल्ला परीक्षा समन्वय समितिले आवश्यक कारबाही गर्ने जानकारी दिनुभएको छ ।