
काठमाडौँ, २६ असोज । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकका ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक भएको छ ।
अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा संचालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्यु आर कोड स्क्यानमार्फत् भुक्तानी गर्दा २५% छुट वा अधिकतम् २ हजार ५ रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।
योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “फस्र्ट कम फस्र्ट सर्भ” को आधारमा छुट प्रदान गरिने छ । यो योजना २७ असोजदेखि १ कात्र्तिक २०७७ गतेसम्म ५ दिनका लागि लागू हुनेछ ।
सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।
विस्तृत विवरणको लागि https://www.sanimabank.com/products/cards/discount-outlets मा login गर्नुहोला ।















प्रतिक्रिया