१ कार्तिक २०८३, आइतबार

नागरिकको जीवनमाथि खेलबाड नगर्न सरकारलाई अध्यक्ष राणाको आग्रह

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले नागरिकको जीवनमाथि खेलबाड नगर्न आग्रह गरेका छन् ।

अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न, सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन सरकारलाई आग्रह गर्दै उनले नागरिकको जीवनमाथि खेलबाड नगरी सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।

शनिबार ट्विट गर्दै अध्यक्ष राणाले लेखेका छन्, ‘डा. गोविन्द केसीको स्वास्थ्य स्थिति निकै चिन्ताजनक छ । अवस्थाको गाम्भीर्यता र संवदेनशीलता मध्यनजर गरेर सरकारलाई अविलम्ब सार्थक छलफल गरी वार्ता टुङ्ग्याउन आह्वान गर्दछु । डा. केसीको जीवन रक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु ।’

तर, सरकारी वार्ता टोलीले भने शनिबार नै एक विज्ञप्ति जारी गर्दै डा. केसीलाई विनाशर्त अनशन तोड्न आग्रह गरेको छ । यो अनशन बस्ने समय नभएको भन्दै टोलीले विज्ञप्ति जारी यस्तो आग्रह गरेको हो ।