३० आश्विन २०८३, शुक्रबार

अमेरिकाका महावाणिज्यदूत तथा वाणिज्यदूतहरुको हेरफेर, महत लगायतको कार्यकाल थप ४ वर्ष

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-विजय थापा

डिसी, २४ असोज । अमेरिकाका लागि नेपाल सरकारका विभिन्न राज्यहरुमा रहेका महाबाणिज्यदूत तथा बाणिज्यदूतहरुको हेरफेर भएको छ ।

गत २०७७ साल असोज १९ गते बसेको मन्त्रि परिषदले उक्त निर्णय गरेको हो ।

उक्त निर्णयको संक्षिप्त विवरण गत बुधबार साँझ प्रकाशित भएको हो । मन्त्रि परिषदले अवैतनिक रुपमा काम गर्दै आएका अमेरिका लगायत बिश्वका विभिन्न मुलुकमा रहेका महाबाणिज्यदूत तथा बाणिज्यदूतलाई हेरफेर गरेको छ ।

अवैतनिक बाणिज्यदूत सम्बन्धि (पाँचौ संसोधन)नियमावली ,२०३९ मा भएको व्यवस्था बमोजिम उक्त निर्णय मन्त्रिपरिषदले गरेको परराष्ट्र मन्त्रालयले उक्त विवरण दिएको छ ।

अमेरिकाका विभिन्न राज्यमा महाबाणिज्यदूत तथा बाणिज्यदूतको रुपमा काम गर्दै आएका विभिन्न व्यक्तित्वहरु मध्ये अमेरिकाको मेरिल्याण्ड राज्यमा अवैतनिक महाबाणिज्यदूत पदमा कार्यरत प्रेम राजा महतलाई ४ बर्ष अर्को कार्यकालको लागि थप गर्ने निर्णय गरेको छ ।

साथै अमेरिकाको इलोनोइस राज्यका लागि अवैतनिक महाबाणिज्यदूत पदमा कार्यरत मरभिन ए ब्रसटिन,हवाईमा कार्यरत अवैतनिक बाणिज्यदूत मेरी सी क्यारोल ,ओहायो राज्यमा कार्यरत अवैतनिक महाबाणिज्यदूत डा विलियम सि क्यासेललाई थप ४ वर्ष कार्यकालको लागि नियुक्ति गरिएको छ ।

यसै गरि वाशिंगटनको सियाटलमा अवैतनिक बाणिज्यदूत पदमा कार्यरत एसी शेर्पालाई पनि थप ४ बर्ष कार्यकाल थप्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

अमेरिकामा कार्यरत अन्य अवैतनिक बाणिज्यदूत तथा महा बाणिज्यदूतहरुको कार्यकाल भने थपिएको छैन । उनीहरुको कार्यकाल अहिलेको लागि समाप्त भएको छ ।

मेरिल्याण्ड राज्यका महाबाणिज्यदूत पदमा कार्यरत महतले पुन ःसेवा गर्ने अवसर दिएकोमा नेपाल सरकार तथा मन्त्रि परिषदलाई धन्यबाद दिएका छन् ।