१ कार्तिक २०८३, आइतबार

डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न सरकारी वार्ता टोलीको अनुरोध (विज्ञप्तिसहित)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । सरकारी वार्ता टोलीले अनशनरत डा. गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेको छ ।

डा. केसीले उठाएका मुद्दाहरु सम्बोधनको क्रममा रहेको उल्लेख गर्दै कोभिड–१९ को विषम परिस्थितिमा अनशन अन्य गर्न आग्रह गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित वार्ता टोलीका संयोजक गोपी मैनालीले विज्ञप्ति जारी गर्दै केसीलाई अनशन स्थगित गर्न अनुरोध गरेका हुन् ।

‘विषम परिस्थितिलाई आत्मसात गर्दै अनशन अन्त्य गर्न वार्ता समिति विनम्र पूर्वक अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

बिहीवार र शुक्रवार केसी पक्षसँग सरकारी टोलीले वार्ता गरेको थियो । शुक्रवार राति डा केसीको पक्षका वार्ता टोलीसँग बिना निर्ष्कष वार्ता टुंगिएको थियो ।

त्यसपछि सरकारी वार्ता टोलीको यस्तो विज्ञप्ति आएको हो ।

हेर्नुहोस् विज्ञप्ति–