
काठमाडौं, २४ असोज । नजिकिँदै गरेको दशैं तथा तिहारलाई लक्षित गरेर गायिका सरिता भारती र गायक हेम श्रेष्ठले नयाँ दशैं गीत ‘यसपालीको दशैं…’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
यो गीत काठे भाकामा तयार गरिएको छ । यो गीतको भिडियोलाई हामी सबैको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।
यसअघि थुप्रै प्रकारका लोक गीत गाएकी सरिताले काठेभाका पहिलो पटक गाएको बताइन् । लोकहरुमा पनि काठेभाका आफूलाई निकै मन पर्ने भएकाले यसपटक हेम श्रेष्ठसँगको सहकार्यमा यो दशैं गीत दर्शकमाझ ल्याएको उनको भनाइ छ ।
काठे भाकामा आफ्नो फरक परिचय बनाईसकेका हेमको यो गीत निकै मार्मिक बनेको छ । यो गीतलाई गीतकार डब्बु क्षत्रीले लेखेका हुन् । बिदेशमा रहेर विभिन्न कारणले घर आउन नसकेका नेपाली कामदारहरु र उनीहरुका परिवारको पीडालाई यो गीतमा समेटिएको गीतकार डब्बु क्षत्रीले बताएका छन् ।
गीतको भिडियोलाई पनि क्षत्रीले नै निर्देशन गरेका हुन् । डब्बु क्षत्रीको यसअघि ६ दर्जन भन्दा बढी गीतहरु आईसकेका छन् । गीतको भिडियोमा गायिका सरिता भारती आफैं मोडलको रुपमा प्रस्तुत भएकी छिन् । सरिता अभिनेता श्रीदेब भट्टराईको जोडी यसमा छ ।
उनीहरु यसमा दम्पत्तिको भूमिकामा छन् । आफ्नो आमा, श्रीमती छोरा छाडेर भाइसँग विदेश गएका नेपाली कामदारले दशैंमा आउन नपाउँदा पोखेको पीडा यो गीतमा प्रस्तुत गरिएको छ । भिडियोमा चरित्र अभिनेत्री विद्या कार्की, कलाकार नारायण श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।
हेर्नुहोस् भिडियो…















प्रतिक्रिया