१ कार्तिक २०८३, आइतबार

जापानको प्रसिद्ध खाना ‘बेन्तो’ अब नेपाली बजारमा

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । जापानको परिचित खाना ‘बेन्तो’ अब नेपाली बजारमा पनि पाइने भएको छ ।

होक्काइदो रामन हाउसले उक्त खाना नेपाल भित्र्याएको हो । पहिलो पटक नेपाल भित्रिएको जापानी खाना ‘बेन्तो’ जापानमै तालिमप्राप्त सेफद्वारा तयार पारिने बताइएको छ ।

होक्काइदो रामन हाउसका अनुसार शुक्रबारदेखि भाटभटेनीमा यो खानाको विक्री शुरु गरिएको छ । ‘बेन्तो’ ५ किसिममा उपलब्ध रहेको होक्काइदोको भनाइ छ ।

‘बेन्तो’ भन्नाले १ जनालाई पुग्ने खाना पसल र रेष्टुराँबाट ‘टेक आउट’ अथवा घरमै बनाइएको पनि बाहिर बोकेर जान मिल्ने खाना भन्ने बुझिन्छ । यसको शुरूवात जापानमा भएको हो ।

बेन्तोमा भात, नुडल, माछा, मासु, पकाइएको तरकारी र अचार बनाइएको तरकारीहरू समावेश गरिएको हुन्छ ।

‘बेन्तो’का लागि कम्पनीले आवश्यक तरकारीहरू आफ्नै बारीमा फलाउने गरेको छ । अरू सामग्रीहरू पनि जापानमा तालिमप्राप्त स्टाफहरूले विशेष ध्यान पुर्याइ छानेका हुन्छन् । रामन हाउसका अनुसार ‘बेन्तो’ रामन हाउसकै सेन्ट्रल किचेनमा सावधानीपूर्वक तयार गरिन्छ ।

होक्काइडो रामन हाउसको मूल उद्देश्य भनेको नेपाल र जापानबीचको खाद्य संस्कृतिको सेतु बन्नु हो । यसैले जापानको होक्काइडोको धेरै ठाउँमा ‘बिस्तारै बिस्तारै’ भन्ने नेपाली रेष्टुँरा सञ्चालन गरेको बताएको छ ।

हाल ‘बेन्तो’ नक्सालस्थित भाटभटेनी उपलब्ध हुने छ । बिस्तारै बेन्तोको प्रकार भाटभटेनीका अन्य आउटलेट र आफ्नै मिनी आउटलेट सञ्चालन गरी काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका शहरी क्षेत्रमा विक्री बढाउँदै जाने होक्काइडो रामेन हाउसका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताए ।