१ कार्तिक २०८३, आइतबार

थप १४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको कुल संख्या कति पुग्यो ?

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १४ जना कारोना संक्रमतिको मृत्यु भएको छ ।

यो सँगै नेपालमा कुल मृतकको संख्या हालसम्म ६१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ । संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १,२२९ रहेको छ ।

मृतकको विवरण हेर्नुहोस्