१ कार्तिक २०८३, आइतबार

काठमाडौं उपत्यका मात्रै थपिए २ हजार ६७२ जना कोरोना संक्रमित

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ६७२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

काठमाडौंमा २ हजार १००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ जना संक्रमित थप भएका हुन् ।

नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक धेरै ५ हजार ८ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

१९ हजार ३२० जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित फेला परेका हुन् । २४ घण्टामा यति धेरै संक्रमित भेटिएर नयाँ रेकर्ड कायम भएको छ ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको छ । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जना संक्रमणमुक्त भएका छन् ।

शनिबारसम्म देशभर सक्रिय संक्रमितको ३० हजार ८१८ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ५ हजार ६८४ जना पुगेको छ ।