१ कार्तिक २०८३, आइतबार

अञ्जु पन्तको ‘दुख्ने मुटु’मा राजदूत डा. दुबसुसहित नायिका मिरुनाको चर्चा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । गायिका अञ्जु पन्तको स्वरमा रहेको ‘दुख्ने मुटु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी (दुबसु)को शब्द सृजना रहेको गीतमा राजदूत दुबसु र उनकी पत्नि पुनम सुवेदीको अभिनय रहेको छ । साथै भिडियोमा दुबसु दम्पत्तिका अलावा नायिका मिरुना मगर र अभिनेता ध्रुब दत्तको अभिनय देख्न सकिन्छ ।

साथै भिडियोमा सरदराज आरन, सम्झना आरन, तेजेन्द्र रेग्मी, सुधा शर्मा, राजकुमार गिरीको अभिनय रहेको छ । भिडियोमा अभिनय गर्ने कलाकारहरुमा मिरुना र ध्रुबबाहेकका ३ जोडी नै वास्तविक जोडी हुन् । भिडियो बेलायतका सुप्रशिद्ध स्थलहरुमा छायांकन गरिएको हो ।

सार्वजनिक गीतमा सुप्रसिशद्ध संगीतकार आलोकश्रीको संगीत शृजना रहेको छ भने भिडियोको छायांकन सम्दान र निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।

म्यूजिक भिडियो