
काठमाडौं, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा गर्न सम्बन्धित सबै सम्वेदनशील हुनुपर्ने बताएका छन् ।
सरकार र केसी पक्षबीच चलिरहेको वार्ता सफल हुनुपर्नेमा जोड दिँदै उनले उनीसँगको वार्ता सफल पारेर उनको जीवनरक्षा गर्नुपर्ने बताएका छन् ।
शनिबार बिहान ट्विट गर्दै उनले लेखेका छन्, ‘डा. गोविन्द केसी पक्ष र सरकारको बीचमा भइरहेको वार्ता हर हालतमा सफल पार्नुपर्छ र डा. केसीको जीवन रक्षा गर्नुपर्छ । सम्बन्धित सबै संवेदनशील बनौँ ।’
केही दिनयता डा. गोविन्द केसी पक्ष र सरकारको बीचमा वार्ताहरु शुरु भएका छन् । वार्ता सहमतिनजिक पुगेको बताइए पनि निष्कर्ष भने निकाल्न सकिएको छैन ।















प्रतिक्रिया