
काठमाडौँ, २३ असोज । काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा १ हजार १ सय १६, ललितपुरमा १६३ र भक्तपुरमा १३० गरी उपत्यकामा १ हजार ४ सय ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
बिहीबार उपत्यकामा २ हजार ५ सय ४० जना संक्रमित थपिएका थिए ।
देशभर शुक्रबार थप २ हजार ५९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोनाका कारण ६ सय जनाको मृत्यु भइसकेको छ ।















प्रतिक्रिया