१ कार्तिक २०८३, आइतबार

सहुलियतपूर्ण कर्जाका लागि अशोक लेलैन्ड र माछापुच्छ्रे बैंकबीच सम्झौता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । आईएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैन्ड र माछापुच्छ्रे बैंकबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले माछापुच्छ्रे बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानीका साथै ब्याज अनुदानसम्बन्धी समझौतापत्रमा हस्ताक्षर भएको छ ।

यसै अनुरुप बैंकको नीतिअनुसार ग्राहकलाई भारतीय कम्पनी अशोक लेलैन्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा विक्रीवितरण गरिएका ‘डोस्ट मोडेल’का सम्पूर्ण सवारीसाधन खरिद गर्नका लागि बिनाधितो कम्तीमा खरिद मूल्यको ६० प्रतिशतसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध हुने भएको छ ।

यो कर्जा प्रवाहको सुविधा अधिकतम ७ वर्षसम्मका लागि मासिक किस्ता तिर्ने आधारमा गर्ने भएको छ । यो सुविधा अशोक लेलैन्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा विक्रीवितरण गरिएका अन्य सवारीसाधनमा पनि बैंकको नीतिनियमभित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।

अब आईएमई मोटर्सको कमर्सियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले माछापुच्छ्रे बैंकको जुनसुकै शाखामार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्ने छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन् ।