
दाङ, २३ असोज । तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष डम्बर न्यौपानेको शुक्रबार निधन भएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याउने क्रममा शुक्रबार बिहान साढे १० बजे बाटामा नै उनको मृत्यु भएको उपमहानगरपालिकाका प्रवक्ता सूर्यबहादुर डाँगीले जानकारी दिए ।
नेपाली कांग्रेसबाट निर्वाचित पैँसठ्ठी वर्षीय न्यौपानेलाई केही दिनदेखि ज्वरो, टाइफाइड तथा निमोनिया भएको थियो। यसैबीच वडाध्यक्ष न्यौपानेको निधनमा नगर प्रमुख घनश्याम पाण्डेले शोक विज्ञप्ति प्रकाशन गरी दुःख व्यक्त गरेका छन् । रासस















प्रतिक्रिया