८ कार्तिक २०८३, आइतबार

सुकुम्बासीको नाममा आएको रकममा हुकुमबासीको लुट !

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, २३ असोज । काभ्रेको बेथान्चोक गाउँपालिकास्थित वडा नं ५ कामिडाडामा नेपाल सरकार, भुकम्प पुननिर्माण प्राधिकरणबाट सुकुम्बासी रहेका भुकम्प पीडित लाभग्राहीहरुलाई प्राप्त रकम दुई लाख रुपैयाँमा हुकुम्बासी श्याम लामाको लूट भएको खुल्न आएको छ ।

कामिडांँडाका स्थानीय शिक्षक समेत रहेका लामाले ७० वर्षीय एकल दलित बृध्दा मैना विश्वकर्मा र अर्कि अन्दाजी ५५ वर्षीय कालीमाया तामाङ्को नाममा घरेडि खरिदका निम्ति भनी आएको दुई लाख रुपैयाँ पीडितहरुलाई ललाईफकाई आफ्नो खल्तिमा पारेको कुरा हालसालै खुल्न आएको छ ।

चार र चार आना भिरपाखो जग्गा , जुन ठांँउमा घर बनाई बसोबास गर्न उपयुक्त छैन त्यही जग्गा भुकम्प पिडित लाभग्राहिहरुलाई बेचेको थाह भएपछि स्थानीय वसिन्दाहरु अचम्मम परेका छन् ।

केही समय अगाडि शिक्षक लामाले सोही ठाँउ बेथान्चोक ५ निवासी कान्छामान तितुङ्को ८ रोपनी जग्गा ६० हजारमा खरिद गरि तत्कालै सो जग्गा आफ्नै दिदी कालि तामाङ एवं अर्कि ७० वर्षीय एकल दलित बृद्दा मैना विश्वकर्मालाई अनेक बहाना बनाई ललाइफकाई चार र चार आना जग्गा दुई र दुई लाखमा बिक्रि गरेको थाहा हुन आएको छ ।

७० वर्षीय मैना विश्वकर्मासंग यस बारे बुझ्दा उनले भनिन्, “मैले श्याम लामासंग जग्गा लिन चाहेकै थिईन तर उसले मलाई फसाएरै छोड्यो ।

कुराकानीको क्रममा विक भन्छिन्, धुलिखेल जाउँ भनेको थियो, मैले बिरामी छु म हिड्न सक्दिन भने पछि उपचार गर्न लैजान्छु भन्दै एम्बुलेन्स बोलाई मलाई धुलिखेल पु¥याएर कुन्नि कता लग्यो मैले केही पनि थाह पाइन उसले को कोसँग के के भन्यो केही पनि बुझिन ।

मैले कहीँ कतै सहिछाप गरेको पनि छैन त्यतिकै मलाई फर्काएर घर ल्याई छोडिदियो र भन्यो, अब त्यो जग्गा तिम्रो भयो त्यहाँ भुकम्पको घर बनाएर बस्दा हुन्छ, अनि मात्र मलाई थाह भयो मेरो नाममा आएको दुई लाख उसको पोल्टोमा परेको कुरा ।

जब मैले यो कुरा थाह पाएँ तब छांँगाबाट खसे झैँ भएँ ।

अब मैले जसरी भएपनि उसले देखाएको ठाउंँ स्वीकार गरेर घर बनाउनुको विकल्प नभए पछि आफ्नै खर्चमा डोजर लगाएर घरेडी बनाएँ ।
यहि वर्षामा माथिबाट आएको पहिरोले सो घडेरी पनि पुरियो ।

“मलिन अनुहारमा उनी भन्छिन् अलि पहिला सम्म त अर्कै घडेरी दिन्छु भन्थ्यो तर आजकल त बोलचालै बन्द छ । जेसुकै होस् अब म त्यही सार्वजनिक ठाँउमा नै घर बनाउछु ।“ विकको भनाई थियो ।

अर्की पीडित कालिमाया तामाङ्संग सम्पर्क गर्न खोज्दा उनीसँग भने सम्पर्क हुन सकेन ।

घटनाको वास्तविकता बारे शिक्षक लामासँग जिज्ञासा राख्दा उनी भन्छन् आफुले तमाङ र विकलाई फसाएको भन्ने कुरा सत्य नभएको तर बिकको नाममा आएको दुई लाख सम्झौता गर्ने क्रममा भने आफुले गाउँपलिकाको एम्बुलेन्स रु ३००० मा लिई धुलिखेल गएको चांँहि सत्य भएको उनले बताए ।

पेशाले शिक्षक रहेका लामा कहिले काठ व्यापार त कहिले जग्गा दलली गर्ने व्यक्तिको रुपमा चिनिन्छन् ।

स्थानीयहरुका अनुसार लामा बेला बखत विभिन्न किसिमले चर्चामा आउने गर्छन् । कहिले विद्यालयको रकम हिनामिनाको नाममा त कहिले छात्रबृत्ती रकम हिनामिनाका नाममा भने, कहिले किर्ते माइन्युट तयार गरि प्रधानाध्यापक बन्ने शिक्षकका रुपमा चर्चाम आउने गर्छन् उनी ।