१ कार्तिक २०८३, आइतबार

भारतमा कोरोना संक्रमितको संख्या ६९ लाख नाघ्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा संक्रमित हुनेको संख्या ६९ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७० हजार ८१८ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ६९ लाख ३ हजार ८०६ पुगेको हो । संक्रमितमध्ये अहिलेसम्म ५९ लाख ३ हजार १७० जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ९४ हजार ८२ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ६ हजार ५५४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप १००० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।