
काठमाडौं, २३ असोज । परराष्ट्र मन्त्रालयको सचिवमा भरत पौडेल नियुक्त भएका छन् ।
सोही मन्त्रालयमा वरिष्ट सहसचिव रहेका पौडेल परराष्ट्र मन्त्रालयका सचिव भएका हुन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिव बनाउने निर्णय गरेको हो ।
नवनियुक्त सचिव पौडेलले शुक्रबार पदभार ग्रहण गरेका छन् । यसअघि सरकारले सो मन्त्रालयका सचिव रहेका शंकरदास बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेपछि उक्त पद रिक्त बनेको थियो ।















प्रतिक्रिया