१ कार्तिक २०८३, आइतबार

हिजो २०० रुपैयाँ घटेको सुनको मूल्य आज ९०० रुपैयाँले बढ्यो

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । आज शुक्रबार सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

सुनको मूल्य आज तोलामा ९०० रुपैयाँ बढेर प्रतितोलाको ९४ हजार ८०० रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा २०० रुपैयाँ घटेकोे सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि आज बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर तोलाको १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो तोलामा ५ रुपैयाँ बढेर प्रतितोला १ हजार १८० रुपैयाँमा कारोबार भएको थियो ।