
काठमाडौं, २३ असोज । साझा पार्टीका केन्द्रीय मानवी पौडेल र सिद्धि अर्याल पार्टीबाट अलग भएका छन् ।
पार्टी स्थापनादेखि नै सक्रिय रहेकी पौडेल बिहीबारदेखि पार्टीबाट अलग भएकी हुन् । उनले केही समयअघि पार्टीलाई साधारण सदस्य र केन्द्रीय सदस्य नरहने जानकारी गराएकी थिइन् ।
केन्द्रीय समिति पुनर्गठनका दिन उनी पार्टीबाट अलग भएकी हुन् । साझाले बिहीबार ३७ केन्द्रीय सदस्य थप गरेको थियो । पार्टी छोडेपनि उनले बाहिरबाट साझालाई नै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।
यस्तै हाल विदेशमा रहेका साझाका अर्का केन्द्रीय सदस्य अर्यालले पनि पार्टी बाहिरबाटै सहयोग गर्ने बताएका छन् । केन्द्रीय सदस्यद्वय पौडेल र अर्यालले व्यक्तिगत र अरू विभिन्न कारणले गर्दा पार्टीमा सक्रिय हुन र अहिले समय दिन नसक्ने जानकारी गराएको साझाका सहप्रवक्ता शरदराज पाठकले जानकारी दिए ।















प्रतिक्रिया